Breaking News.... EverestOnlineKhabar
June 24, 2026

Loading

बीबीसी ।जापानको निशान कार कम्पनीले चीन लक्षित पहिलो विद्युतीय मोटर उत्पादन गर्न शुरू गरेको समाचारहरू आएका छन्। एक चिनियाँ कम्पनीसँग मिलेर निसानले लोकप्रिय मोडल ‘सिल्फी’को ब्याट्रीले चल्ने कार बनाइरहेको छ।

विश्वको सबभन्दा ठूलो कार बजार चीनका लागि वातावरणमैत्री कार बनाउन उत्पादकहरुमाथि दबाब रहँदै आएको छ। अमेरिका चीन व्यापार युद्धका कारण अमेरिकी व्यवसायमा शंका उत्पन्न भइरहेका बेला जापानी कार उत्पादकहरूका लागि चीन प्रमुख बजार हुनसक्छ।

चीनको डोङफेङ मोटर ग्रुपसँग मिलेर निसानले सिल्फि शून्य उत्सर्जन कार उत्पादन गर्न लागेको हो। आगामी वर्षका लागि निसानले कम मूल्य पर्ने मोडल उत्पादन गर्ने योजना बनाएको छ। सन् २०२२ सम्ममा उसको बिक्रीको हरेक तेश्रो कार ब्याट्रीले चल्ने बनाउने योजना रहेको बताइएको छ।

निसानका प्रमुख कार्यकारी अधिकृत हिरोतो साइकावाले भने “‘इभी’ भनिने सिल्फी शून्य उत्सर्जन कार विद्युतीय सवारी साधनको बजारमा मुख्य उत्पादन बन्नेमा हामी विश्वस्त छौं।”

“सबैखाले बजारका लागि हामीले थरी थरीका ईभी (अथात विद्युतीय सवारी साधन) बनाउने छौँ।”

चीन विद्युतीय सवारी साधनको सबभन्दा ठूलो बजार हो र प्रदूषण घटाउने भन्ने नयाँ नियमका कारण बिक्री बढ्ने ठानिएको छ। ठूल्ठूला विश्वव्यापी कार निर्माताहरु फोर्ड र जनरल मोटर्सले पनि चीनका लागि विद्युतीय मोटर बनाउने काममा लागिरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed