Breaking News.... EverestOnlineKhabar
June 24, 2026

संसदमा प्रधानमन्त्रीको सम्बोधन – ‘गरीबि हटाउनु बिमष्टेको एजेण्डा, मुलुकी संहिता सच्याउने, कांग्रेसलाई जिम्मेवार हुन आग्रह’

Loading

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहायताका लागि बंगालको खाडीका देशहरूको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलनबारे संसदमा जानकारी गराएका छन् । मंगलबार दिउँसो बसेको संसद बैठकलाई उनले बिमस्टेक सम्मेलन किन आयोजना गरियो र यसमा के के हुँदै छ भनेर सांसदलाई जानकारी गराएका छन् ।

उनले बिमस्टेकको हरेक २/२ वर्षमा सम्मेलन हुनुपर्ने भएपनि यो हुन नसकेको जानकारी दिँदै भने, ‘बिमस्टेक स्थापना २० वर्ष अघि भएको भएपनि बल्ल हामी चौथो सम्मेलन गर्दै छौं । नेपाल र अन्य देशका विभिन्न कारणले समयमै हुन सकेन ।’
प्रधानमन्त्री ओलीले बिमस्टेकको १४ वटा प्राथमिकता रहेको भएपनि यसपटक ब्लु इकोनोमी र माउन्टेन इकोनोमी थपेर १६ वटा प्राथमिकताको क्षेत्र तोकिएको बताए । उनले व्यापार, कनेक्टिभीटी, वातावरणको विषय र सामूहिक अपराधको विरुद्ध अभियानका विषयमा छलफल हुने जानकारी दिए । उनले यही सम्मेलनमा बिमस्टेकको बडापत्र पनि बनाइने संसदमा जानकारी गराए ।
यस्तै उनले नेपाल भारतबीच दुईपक्षीय समझदारी हुने पनि जानकारी गराए । अन्य राष्ट्रहरुबीच पनि भेटघाट र पारस्परिक सम्बन्ध सुदृढ गर्ने पनि उनको भनाइ थियो । उनले बिमस्टेक राष्ट्रका सरकार प्रमुख तथा राष्ट्रपतिले नेपालकी राष्ट्रपति विद्या भण्डारीसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको जानकारी गराए ।
उनले गरिबी निवारणको विषयमा सदस्य राष्ट्रहहरुसँग सहकार्य र साझेदारी गर्ने कुरामा सम्मेलन उपयोगी हुनेछ भन्ने सरकारले आशा लिएको बताए । उनले भदौ १ गतेदेखि लागू भएको मुलुकी देवानी अपराध संहिता पनि संशोधन गर्न तयार रहेको बताए । उनले आफ्नो सरकारले उक्त संहिता निर्माण गरेको नभए एक वर्ष अघि नै प्रमाणीकरण भएको भन्दै अहिलेको सरकारलाई गाली गर्नु औचित्य नभएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed