![]()
एजेन्सी । मोहम्मद सालहले आफ्नो तस्बिरको अधिकारका बारेमा गरेको उजुरीमा इजिप्टको फुटबल एसोसिएसनले बेवास्ता गरेको आरोप लगाएका छन् ।
लिभरपुल तथा इजिप्टका फरवार्ड सालहले आफ्नो तस्बिर इजिप्टको फुटबल एसोसिएसनले डब्लुईको प्रमोसनका लागि प्रयोग गरेकोमा चासो व्यक्त गरेका थिए । तर इजिप्टको फुटबल एसोसिएसनले यसलाई बेवास्ता गरेको भन्दै सालहले आलोचना गरेका हुन् ।
सालहले फोडोफोनसँग सम्झौता गरेका छन् तर इएएफले उनको तस्बिर डब्लुईको प्रमोसनका लागि प्रयोग गरेको थियो । यहि बिबादका कारण सालहले आउँदो महिना नाइजरसँग हुने मैत्रीपूर्ण खेलमा सहभागी हुन अस्वीकार गरेको बताइएको छ । तर इएफएले भने यस्तो नरहेको बताएको छ ।


