Breaking News.... EverestOnlineKhabar
June 28, 2026

बंगलादेशमा हुने साफ सुजुकी कप खेल्ने टोलीको घोषणा

Loading

काठमाडौं । बंगलादेशमा आयोजना हुने साफ सुजुकी कप २०१८ का लागि नेपाली राष्ट्रिय फुटबल टोलीले २० सदस्यीय टोली घोषणा गरेको छ ।  घोषणा गरिएको टोलीको नेतृत्व कप्तान विराज महर्जनले गर्नेछन् ।

यसअघि टिममा रहेका आर्मी क्लबका खेलाडी प्रिन्स कार्की र कमल श्रेष्ठ टिममा अटाउन सकेनन् भने निराजन खड्का र सुमन अर्याल टिममा पर्न सफल भएका छन् ।

च्याम्पियनसिपमा नेपाल समूह ए मा रहेको छ । समूह ए मा नेपालसहित आयोजक राष्ट्र बंगलादेश, पाकिस्तान र भुटान रहेका छन् ।

यस्तो छ टोली :

गोलकिपर– किरणकुमार लिम्बु, विकेश कुथु र एलन न्यौपाने
डिफेन्स– दिनेश राजवंशी, देबेन्द्र तामाङ, विराज महर्जन, अनन्त तामाङ, आदित्य चौधरी, रोहित चन्द र सुमन अर्याल
मिडफिल्ड– हेमन्त थापा मगर, हेमन गुरुङm विशाल राई, सुनिल वल, सुजल श्रेष्ठ र निराजन खड्का
फरवार्ड– भरत खवास, विमल घर्तिमगर, नवयुग श्रेष्ठ र अन्जन विष्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.