Breaking News.... EverestOnlineKhabar
June 28, 2026

आगामी बर्षको फ्रेञ्च ओपनमा सेरेनाले आफनो मनपर्दो ‘ड्रेस’ लगाउन नपाउने

Loading

एजेन्सी । टेनिसकी बिश्व चर्चित खेलाडी सेरेना विलियम्सले आफनो मनपर्ने ड्रेस आगामी बर्षको फ्रेञ्च ओपन टेनिसमा लगाउन नपाउने भएकीछिन । यो सिजनको फ्रेँच ओपनमा कालो कलरको ड्रेसमा खेल्दा सुपरहिरोको अनूभुति भएको सेरेनाले प्रतिक्रिया यसअघि दिएकी थिइन् ।

तर, फ्रान्सिस टेनिस फेडेरेसनका अध्यक्ष बर्नाड ग्युडिसेलिले एक म्यागेजिनसँगको अन्तर्वार्तामा भनेका छन् कि यो निकै अगाडि गइसकेको छ । अबदेखि यो ड्रेसमा खेल्न नपाइने उनले बताएका छन् । उनले आफु रहेको स्थानको सम्मान गर्नु पर्ने बताएका छन् ।
तर, ग्युडिसेलिले खेलाडीको ड्रेस कोडसँग मिलेका नियमहरुबारे भने बोलेनन् । विम्वलडनका खेलाडीलाई सेतो कपडा लगाउने अनुमति मात्रै भएको भन्दै अर्को वर्षदेखि उक्त कालो ड्रेस लगाउन प्रतिवन्ध लगाइएको हो ।

उनले सन् २०१९ का लागि खेलाडीको डे«स नयाँ बनाउने योेजना भएको र कपडा बनाउने कम्पनीबाट डिजाइन मगाइएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.