![]()
काठमाडौं । नेपाली कांग्रेसले आफ्ना जनप्रतिनिधिलाई सीमाभित्र रहेर कर लगाउन निर्देशन दिएको छ । सोमबार पार्टी कार्यालयमा आयोजित कांग्रेसबाट स्थानीय तहमा निर्वाचित प्रमुख र उप्रमुखको भेलालाई सम्बोधन गर्दैै सभापति देवाउले जनतालाई असर पर्ने गरी कर निर्धारण गर्न निर्देशन दिएका हुन् ।
स्थानीय तहले जथाभावी कर लगाएको विरोध भएपछि कांग्रेसले आफ्नातर्फबाट स्थानीय तहमा चुनियका प्रमुख उपप्रमुखलाई बोलाएर जनताको मत जित्ने गरी काम गर्न निर्देशन दिएको हो ।
सरकारले स्वतन्त्र न्यायपालिका, प्रेसमाथि आक्रमण गरेको आरोप लगाए । कार्यक्रममा उपसभापति विमलेन्द्र निधिले आउँदो चुनाव जित्ने गरी काम गर्न जनप्रतिनिधिलाई आग्रह गरे ।
जनप्रतिनिधिहरुले जनतालाई सास्ती दिने गरी कर नलिएको स्पष्टिकरण दिएका छन् । भेलामा आफूले जितेका स्थानीय तहको समग्र काम कारबाहीबारे मूल्यांकन हुने कांग्रेसले जनाएको छ । कांग्रेसले सात सय ५३ स्थानीय तहमध्ये दुई सय ७४ मा प्रमुख र दुई सय ४५ तहमा उपप्रमुख जितेको छ ।


