Breaking News.... EverestOnlineKhabar
June 25, 2026

निर्मला पन्त हत्या प्रकरणः कञ्चनपुर प्रहरी प्रमुख बिष्टको जिम्मेवारी खोसियो,घटनाको अनुसन्धान गर्ने जिम्मा चन्दलाई….

Loading

कञ्चनपुर,भदौ ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया निर्मला पन्तको बलात्कारपछिको हत्यामा संलग्न अभियुक्तलाई बचाउन खोजेको आरोप लागेका कञ्चनपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक डिल्लीराज बिष्टलाई जिम्मेवारीबाट मुक्त गरिएको छ । बलात्कारीलाई सार्वजनिक गरी कारबाही माग गर्दै शुरु भएको आन्दोलन चर्किदै गएपछि गृह मन्त्रालयले कञ्चनपुर प्रहरी प्रमुखलाई केही दिनका लागि जिम्मेवारीबाट मुक्त गरेको हो ।
निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न अभियुक्त पक्राउ नपुरुन्जेलसम्मका लागि बिष्टलाई जिम्मेवारीबाट मुक्त गरिएको गृह मन्त्रालयले जनाएको छ ।
निर्मला पन्त हत्या प्रकरणका वास्तविक अभियुक्त पक्राउ नपरुन्जेलसम्मका लागि कञ्चनपुर प्रहरीको जिम्मेवारी प्रदेश नम्बर ७ को प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बिक्रम चन्दलाई दिइएको छ ।
७ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) सुरज केसीले एसएसपी चन्दलाई घटनाको अनुसन्धानमा नेतृत्व गर्नेगरी जिम्मेवारी तोकिएको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed