![]()
काठमाडौँ । श्रम, रोजगार तथा सामाजीक सुरक्षा मन्त्री गोकर्ण विष्ट मलेसिया सरकार नेपालसँग श्रम सम्झौता अत्यन्तै सकारात्मक रुपमा अगाडि बढेको वताएका छन् ।
‘संसदको आपुर्ति तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिको बैठ्कमा सांसदहरुले उठाएको बिषयमा जवाफ दिदै उनले भने,‘मलेसिया मामिला छिट्टै हल हुने सम्भाबना बढेको छ ।’
मन्त्रीले विष्टले मलेसिया सरकारको पछिल्ला कदमहरु स्वागत योग्य रहेको वताए । ‘मलेसियाका प्रधानमन्त्री माथिर मोहम्मदले मलेसियाको संसदमा नेपालीको पक्षमा सकारात्मक सन्देश दिनुभएको छ । यसप्रति नेपाल सरकारको तर्फवाट उहाँ र श्रममन्त्रीप्रति हार्दिक धन्यवाद दिन ब्यक्त गर्न चाहन्छ,’ उनले भने,‘अब मलेसिया जाने नेपाली कामदारमाथि बिगतका जस्तो शोषणको अन्त्य हुनेछ भन्ने विश्वास राखेको छ ।’
श्रम मन्त्रालयले मलेसिया जाने कामदारमाथि गैरकानुनी संयन्त्र बनाएर शोषण गरेको भन्दै जेठ २ गतेदेखि मलेसियामा कामदार पठाउन वन्द गरेको थियो । उनले श्रम सम्झौता पछि मात्रै मलेसिया खुल्ने वताए ।


