Breaking News.... EverestOnlineKhabar
June 24, 2026

बिनाकारण डेरावाल हटाइए ३ महिना बहालमा दिन नपाइने

Loading

काठमाडौं। घरभेटी (घरधनी) ले विनाकारण डेरावाल (बहालवाला) लाई हटाउन नपाउने भएका छन्। भदौ १ गतेदेखि लागू हुने मुलुकी देवानी (संहिता) ऐन २०७४ ले घरधनी र बहालवालाको विषयलाई समेत समेटेको छ।

धेरै घरधनीले आफ्ना लागि आवश्यक भएको भन्दै बहालवालाई घर वा कोठा खाली गर्न लगाउने र तुरुन्तै अर्कोलाई भाडा रकम बढाएर दिने गरेका छन्। मुलुकी ऐनले घरधनीको यो मनोमानीमाथि अंकुश लगाउने भएको हो। घरधनीले आफैंलाई आवश्यक भनेर बहालवालालाई निकालेमा ३ महिनासम्म अर्कोलाई बहालमा दिन नपाउने व्यवस्था गरिएको छ। फेरि बहालमा लगाउँदा पनि पहिलेकैले लिन चाहेमा प्राथमिकता पाउने भनिएको छ। ऐन अनुसार घरधनी आफैंलाई आवश्यक परेको खण्डमा पनि कम्तीमा ३५ दिनअघि नै बहालवालालाई लिखित जानकारी गराउनुपर्नेछ।

घरधनी र बहालवाला दुवैका केही दायित्वसमेत ऐनमा तोकिएको छ। घरधनीलले बहालमा बसेको व्यक्तिलाई सम्झौता अनुसार घर उपयोग गर्न दिनुपर्ने, सम्झौतामा अन्यथा उल्लेख भएको अवस्थामा बाहेक पानी, बिजुली, ढल निकास तथा सरसफाईको व्यवस्था घरधनीको दायित्वमा पर्नेछ। बहालमा बस्ने व्यक्तिलाई त्यस्तो घरमा बस्ने अन्य व्यक्तिबाट असुरक्षा, हैरानी वा अशान्ति हुनबाट घरधनीले नै रोक्नुपर्नेछ।

निर्धारित समयमा घरधनीलाई बहालको रकम भुक्तानी गर्नुपर्नेछ। बहालमा लिएको घर आफ्नो घरसरह मानेर सरसफाई, हेरचाह र सुरक्षा गर्नुपर्नेछ। आफू बहालमा रहेको घरका अन्य छिमेकीलाई आशान्ति र असुरक्षा हुन जस्ता कुनै काम गर्न नहुने दायित्व बहालवालाको हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed