Breaking News.... EverestOnlineKhabar
June 24, 2026

पोखरा प्रिमियर लिग (पीपीएल) मा दुई स्थानीय खेलाडी राख्नैपर्ने

Loading

पोखरा । पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटमा हरेक टिमले दुई जना स्थानीय खेलाडी राख्नै पर्ने भएको छ । आयोजक क्वीन्स इभेन्ट प्रालिले सोमबार पोखरामा पत्रकार सम्मेलन गरी हरेक टिममा दुई स्थानीय र दुई विदेशी खेलाडी हुने जानकारी गराएको हो । आगामी कात्तिक ९ गतेदेखि २० गतेसम्म हुने प्रतियोगिताका लागि पोखरा रंगशालास्थित क्रिकेट मैदान मर्मतसम्भारको काम भइरहेको छ ।

प्रतियोगितामा पोखरा, काठमाडौं, विराटनगर, बुटवल, चितवन, धनगढी र नेपालगञ्ज गरी ६ वटा ‘फ्रेञ्चाइज’ टिमले भाग लिने आयोजक क्वीन्स इभेन्टका प्रबन्ध निर्देशक छुम्बी लामाले बताए । खेलाडी छनौट अक्सनमार्फत हुनेछ । नेदरल्याण्ड्स, युएई, हङकङ जस्ता बलिया देशका खेलाडीहरुले अक्सनमा सहभागिता जनाउनका लागि इच्छा देखाएको आयोजकले जनाएको छ ।

अहिले क्रिकेट मैदानको मर्मतसम्भार भइरहेको छ । अहिले लेभलिङको काम भइरहेको छ, त्यसपछि घाँस रोपेर हरियो बनाइनेछ । मैदानमा खेलाडीका लागि पेभेलियन, स्कोर बोर्डका साथै दर्शकका लागि स्क्रिन बोर्ड र अस्थायी प्याराफिट निर्माण गरिने शेर्पाले जानकारी गराए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed