Breaking News.... EverestOnlineKhabar
July 11, 2026

स्पेनिस डिफेन्डर पिकेले अन्तर्राष्ट्रिय खेलबाट संन्यास लिने

Loading

एजेन्सी,साउन ।
बार्सिलोनाका स्पेनिस डिफेन्डर जेरार्ड पिकले अन्तर्राष्ट्रिय खेलबाट संन्यास लिने भएका छन्। ३१ वर्षीय सेन्टर ब्याक जेरार्डले देशका लगि १ सय २ अन्तर्राष्ट्रिय खेल खेलेका छन्।
सन् २००९ मा राष्ट्रिय टिममा डेब्यू गरेका उनले पाँच अन्तर्राष्ट्रिय गोल गर्न सफल भए। स्पेनले सन् २०१० मा विश्वकप जित्दा तथा २०१२ को युरो कपको उपाधि उचाल्दा उनी टिमका मुख्य खेलाडी थिए।
क्याटलोनियाको पक्ष लिएपछि उनी गत वर्ष विवादमा परेका थिए। स्पेनको दक्षिण पूर्वी भागका ७५ लाख जनसंख्याले छुट्टै राज्यको माग गर्दै आएका छन्। राज्यको राजधानी बार्सिलोनालाई मानिएको छ।
उनले २ वर्षअघि नै सन्यास लिन चाहेका थिए। तर पनि फ्यानको आग्रहपछि उनले राष्ट्रिय टिमबाट खेलिरहे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.