![]()
पोखरा। राप्रपा अध्यक्ष कमल थापाले निर्वाचन पछि देशमा राजनीतिक स्थिरता कायम हुने र सरकारको सम्पूर्ण ध्यान आर्थिक विकासमा केन्द्रीत हुने जनअपेक्षा भएपनि उत्साहित हुने अवस्था नरहेको टिप्पणी गरेका छन् ।
मिडिया नेपाल कास्कीद्वारा पोखरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै थापाले भने, ‘ सरकार गठनको शुरुआती दिनमा केही सुधारका काम गर्ने संकेत देखिएपनि परिणाम केन्द्रीत नहुँदा आशंका बढेर गएको छ ।’
यातायात क्षेत्रमा देखिएको सिण्डिकेट अन्त्य गर्ने, बहुचर्चित ३३ केजी सुनकाण्ड, समयमा काम सम्पन्न नगर्ने निर्माण व्यवसायीमाथि कारबाही गर्नेलगायतबारे सरकारले चर्चा अनुरुप काम गर्न नसकेको उनको भनाई थियो । देशमा भ्रष्टाचार बढेको दाबी गर्दै थापाले सरकारले जनमुखी हुन नसकेको पनि आरोप लगाए । यस्तो अवस्थामा राप्रपाले अवलम्बन गरेको हिन्दु राष्ट्र र राजसंस्थाको आवश्यकता र औचित्य झनै बढेर गएको उनको दाबी थियो ।


