Breaking News.... EverestOnlineKhabar
June 27, 2026

Loading

चितवन । राजधानी काठमाडौंमा अपहरित बालकको हत्या र अपहरणकारीहरुको प्रहरी मुठभेडमा मृत्युको घटनाले सनसनी मच्चाइरहेको बेला चितवन भरतपुरमा बाघले महिलालाई घिसारेर लगेको दर्दनाक घटना सार्वजनिक भएको छ । भरतपुर महानगरपालिका वडा नं २५ स्थित जंगलमा घाँस काट्न गएकी एक महिलालाई आज बिहान बाघले लगेको हो।

स्थानीय राप्तीदून मध्यवर्ती सामुदायिक वनमा साथीहरूसँगै घाँस काट्न गएकी सुशीला डुम्रेलाई बाघले लगेको स्थानीयवासी विकास पाठकलाई उद्धृत गर्दै राससले जनाएको छ । उनलाई बाघले आक्रमण गरेको देखेपछि अर्का एकजना बेहोश भएका छन् । उनलाई उपचारका लागि अस्पताल लगिएको र अर्का एकजनाले भने भागेर ज्यान जोगाएका थिए ।

बताइएअनुसार घटनास्थल नजिक मानव शरीरका विभिन्न अंग फेला परे पनि बाघले घिस्याएर लगेकी महिलाको अवस्थाबारे पत्ता लागेको छैन । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले पनि बाघले आक्रमण गरेको घटनाको पुष्टि गर्दै हात्तीसहितको वन्यजन्तु प्राविधिक टोली सो क्षेत्रमा परिचालन गरिएको जनाएका छन्। चितवनमा बितेको वर्ष पनि बाघको आक्रमणबाट तीनजनाको मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.