Breaking News.... EverestOnlineKhabar
June 27, 2026

Loading

काठमाडौँ ।विपद्को समयमा मानवीय उद्धारमा खटिँदा बहुराष्ट्रिय सेनाबीच सम्पर्क कायम गरी सूचना प्रवाहलाई कसरी व्यवस्थित तुल्याउन सकिन्छ भन्ने उद्देश्यले २० मुलुकका उच्च सैनिकको अभ्यास शुरु भएको छ ।

अमेरिकी सेनाको प्रशान्त क्षेत्र कमाण्डको सहयोगमा नेपाली सेनाद्वारा आयोजित उक्त अभ्यासमा आ–आफना देशका सैनिकले सञ्चालनमा ल्याएका दूरसञ्चार ९ सिग्नलमार्फत बहुराष्ट्रिय सेनाबीच विपद्का समयमा सम्पर्क र समन्वय गरी मानवीय कार्यलाई प्रभावकारी तुल्याउनेबारे सैद्धान्तिक र व्यावहारिक अभ्यास हुनेछ ।

अभ्यासमा विभिन्न मुलुकका उपरथी तहसम्मका २७५ सैनिकको सहभागिता छ । सन् २००५ मा जापानमा आएको सुनामीपछि ठूलाखाले प्राकृतिक प्रकोपका घटनाका बेलामा उद्धारमा खटिएका बहुराष्ट्रिय सेनाको जिम्मेवारी र मानवीय उद्धार कार्यलाई व्यवस्थित तुल्याउन सैनिकले प्रयोग गर्ने दूरभाष यन्त्रलाई समयानुकूल बनाउन यस्ता कार्यले निकै ठूलो सहयोग पुग्ने विश्वास गरिएको छ ।

भूकम्प, सुनामीजस्ता ठूला खाले विपद्का घटना आएर सम्बन्धित मुलुकको दूरसञ्चार प्रणाली अवरुद्ध भएका समयमा सहयोग र सम्पर्क आदानप्रदान गर्न सैनिकले सञ्चालन गर्ने फ्रिक्वेन्सी निकै प्रभावकारी सावित हुँदै आएको छ ।

चौंध दिने सो अभ्यासमा नेपाल, अष्टे«लिया, बंगलादेश, कम्बोडिया, फिजी, फ्रान्स, इण्डोनेसिया, जापान, मंगोलिया, माल्दिम्भ, मलेसिया, फिलिपिन्स, सिंगापुर, श्रीलंका, थाइल्याण्ड, टोगो, भियतनाम, दक्षिण कोरिया, पपुवा न्यूगिनी र अमेरिका छन् ।

स्थलगतरुपमा प्राप्त गरिएको ज्ञानका आधारमा नेपाली सेनाले २०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको भूकम्पका समयमा बहुराष्ट्रिय सेनासँग आफनो सिग्नलमार्फत सम्पर्क, सहयोग र समन्वय प्रभावकारी ढंगबाट गरेको थियो । विश्वमा सूचना र प्रविधिको क्षेत्रमा के–कस्तो विकास भइरहेको छ भन्ने बारेमा जानकारी हासिल गर्न सहयोग पुग्ने यो कार्यक्रम नेपालमा दोस्रो पटक आयोजना गरिएको हो ।

तीन पटक योजना बनाएर त्यसका आधारमा वार्षिकरुपमा यस्ता अभ्यास विभिन्न मुलुकमा गरिन्छ । कार्यक्रमको उद्घाटन गर्दै युद्धकार्य महानिर्देशक उपरथी प्रभुराम शर्माले प्राकृतिक विपद्को समयमा हुनसक्ने मानवीय क्षतिलाई रोक्न र उद्धार कार्यलाई प्रभावकारी तुल्याउन बहुराष्ट्रिय सेनाबीच सहयोग र सम्पर्क कायम राख्न सहयोग पु¥याउने यस्ता अभ्यास निकै अर्थपूर्ण रहने धारणा व्यक्त गर्नुभयो ।

नेपालमा २०७२ सालको भूकम्पको बेलामा बहुराष्ट्रिय सेनाबाट भएको उद्धार, सहयोग र समन्वयको स्मरण गराउँदै विपद्को बेला सेनाबीच सूचना आदानप्रदान र सही व्यवस्थापनको खाँचो छ भन्नुभयो । अमेरिकी सेनाका कृष्टी विल्सनले विपद्को समयमा बहुराष्ट्रिय सेना परिचालन हँुदा मानवीय सहायता कार्यलाई निकै परिणामुखी तुल्याउन सकिने धारणा व्यक्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.