![]()
काठमाडौ,साउन ।
नेदरल्यान्ड्ससँग एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिज खेलेको नेपाली क्रिकेट टिम स्वदेश फर्किएको छ । नेदरल्यान्ड्ससँग ऐतिहासिक २ खेलको एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिज खेलको थियो । जसमा नेपालले नेदरल्यान्ड्ससँग सिरिज १–१ को बराबरीमा टुंग्याएको थियो ।
पहिलो खेलमा ५५ रनले पराजित भएको नेपालले अन्तिम तथा दोस्रो खेलमा १ रनको शनशनीपूर्ण जित निकालेको थियो । नेपालले नेदरल्यान्ड्ससँग एक दिवसीय क्रिकेट सिरिज खेल्नुभन्दा अघि नेदरल्यान्ड्स र एमसीसीसँग इंग्ल्यान्डमा त्रिकोणात्मक टि–ट्वान्टी क्रिकेट सिरिज खेलेको थियो ।
नेपाली टिमका कप्तान पारस खड्काले त्रिभूवन विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै पहिलो एकदिवसीय क्रिकेट नेपालको लागि ऐतिहासिक भएको बताए । उनले आगामी दिनमा नेपालले धेरै खेल्न बाँकी रहेको बताउँदै अझै पनि सोचेअनुसारको खेल खेल्न नसकेको प्रतिक्रिया दिए ।
उनले अब आफूहरुको ध्यान एसिया कप छनोटमा केन्द्रित हुने पनि बताए ।


