![]()
काठमाडौं । तेस्रो धनलक्ष्मी महर्जन मेमोरियल राष्ट्रिय स्क्वास प्रतियोगिता हुने भएको छ । नेपाल स्क्वास राकेट्स संघले काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रतियोगिताको बारेमा जानकारी दिएको हो ।
प्रतियोगिता यही साउन २२ गतेदेखि २६ गतेसम्म आयोजना हुँदैछ । प्रतियोगितामा पुरुषतर्फ ४ विधा र महिलातर्फ २ विधामा प्रतिस्पर्धा हुँदैछ । जसअन्तर्गत पुरुषतर्फ खुला, मास्टर खुला पुरुष ५० वर्षभन्दा माथि, जुनियर ब्वाइज यु–१९, जुनियर ब्वाइज यु–१५ रहेको छ ।
त्यस्तै, महिलातर्फ खुला र गल्र्स यु–१५ गरी दुई विधामा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा १०० जनाको हारहारीमा खेलाडीले भाग लिने आयोजकले जानकारी दिएको छ । पुरस्कारको कुल राशि १ लाख ६ हजार रहेको आयोजकले बताएको छ ।


