Breaking News.... EverestOnlineKhabar
June 27, 2026

Loading

एजेन्सी । इन्टरनेसनल च्याम्पियन्स कप फुटबलमा स्पेनिस क्लब बार्सिलोना पराजित भएको छ । आइतबार बिहान भएको खेलमा इटालियन क्लब एसी मिलानले बार्सिलोनालाई १–० गोलले पराजित गरेको हो ।

एसी मिलानलाई जित दिलाउन आन्द्रे सिल्भाले निर्णायक गोल गरे । दुबै टिमले पहिलो हाफसम्म गोलरहित बराबरी खेलेका थिए । गोल गर्ने अवसर पाएपनि दुबै टिमले गोल गर्न भने सकेनन् ।

पहिलो हाफमा गोलरहित बराबरी खेलेको एसी मिलानले दोस्रो हाफमा भने उत्कृष्ट गोल गर्दै जित निकाल्न सक्यो । खेलको इन्जुरी समयमा सिल्भाले निर्णायक गोल गर्दै एसी मिलानलाई १–० को जित दिलाएका हुन् ।

बार्सिलोनाले एसी मिलानविरुद्ध दोस्रो रोजाईका खेलाडी मैदानमा उतारेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.