![]()
काठमाडौं । प्रतिनिधिसभाको बैठकले प्रजातान्त्रिक एवं लोकतान्त्रिक आन्दोलनमा सक्रिय पूर्वसांसद कमलप्रसाद पंगेनीको निधनमा शोकप्रस्ताव सर्वसम्मतिले पारित गरेको छ । बैठकले उनको चिरशान्तिको कामना गर्दै एक मिनेट मौनधारणसमेत गरेको थियो ।
प्रतिनिधिसभाको आइतबारको बैठकमा सभामुख कृष्णबहादुर महराले पंगेनीको निधनमा शोकप्रस्ताव प्रस्तुत गरेका थिए । पंगेनी २०७० सालको संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट स्याङ्जा क्षेत्र नं २ बाट संविधानसभा सदस्य पदमा निर्वाचित भएका थिए ।
प्रतिनिधिसभाको अर्को बैठक साउन २१ गते सोमबार दिनको २ बजे बस्नेछ ।


