Breaking News.... EverestOnlineKhabar
June 27, 2026

सरकारले नागरिक ऐन सहित ७ वटा विधेयक संसदमा पेश गर्ने

Loading

काठमाडौं । सरकारले सात वटा विधेयक संघीय संसदमा पेश गर्ने निर्णय गरेको छ ।  आइतबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बसेको मन्त्रिपरिषद बैठकले नेपाल नागरिक ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकसहित ७ वटा विधेयक संघीय संसदमा पेश गर्ने निर्णय गरेको हो ।

भुक्तानी तथा फछयौंट विधेयक, २०७५, सुरक्षित मातृत्व तथा प्रजनन अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५, वातावरण संरक्षण पहिलो संशोधन विधेयक, २०७५, उपभोक्ता हित संरक्षणसम्बन्धमा संशोधन गर्न बनेको विधयेक संसदमा पेश गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता एवम् संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।

मन्त्रिपरिषद बैठकले अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धि विधेयक, संकाटापन्न बन्यजन्तु तथा बनस्पतिहरुको व्यापार नियन्त्रण पहिलो संशोधनसम्बन्धि विधेयक पनि संसद पेश गर्ने निर्णय गरेको छ ।

सरकारले संविधानसँग प्रतिकूल रहेका ऐन, कानुन संशोधनको कामलाई उच्च प्राथमिकता दिँदै आएको छ । आगामी असोज ३ गते भित्र संविधानमा व्यवस्था गरिए बमोजिम मौलिक हकसम्बन्धि कानुन सरकारले बनाई सक्नुपर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.