![]()
बीबीसी । पाकिस्तानमा अघिल्लो हप्ता भएको चुनावको नतिजापछि पूर्व क्रिकेटर इमरान खान अब देशको नेतृत्व सम्हाल्ने तयारीमा छन् । इमरानको पार्टी पाकिस्तान तहरिक–ए–इन्साफ, पिटिआई चुनावमा ११६ सिटमा जित हाँसिल गरेको छ ।
२७२ सिट रहेको पाकिस्तानको संसदमा पाकिस्तान मुस्लिम लिग–नवाज, पिएमएल–एनले ६४ तथा पाकिस्तान पिपुल्स पार्टी, पिपिपीले ४३ सिट जितेका छन् । पाकिस्तानमा सरकार बनाउनका लागि १३७ सिट चाहिन्छ । इमरानले गठबन्धन सरकार बनाउँदैछ ।
पाकिस्तानका सञ्चारमाध्यममा इमरानले सरकार बनाउनका लागि गरिरहेको प्रयास बारेका खबरले प्राथमिकता पाएका छन् । पाकिस्तानी सञ्चारमाध्यमका अनुसार इमरानको मन्त्रीमण्डल निकै सानो हुनेछ ।
इमरानले अगस्ट ११ अर्थात आउँदो शनिबार प्रधानमन्त्रीको शपथ लिँदैछन् । साउन ९ गते भएको चुनावपछि पाकिस्तानको राजनीतिक परिवेष फेरिएको छ । पाकिस्तानको तल्लो सदनमा कुल ३४२ सिट छ ।
त्यसमध्ये ६० सिटी महिला तथा अल्पसंख्यकका लागि छुट्याइएको हुन्छ । यो सिट पाँच प्रतिशत भन्दा बढी मत ल्याउने दलबिच बाँडिन्छ । तर सरकार बनाउनका लागि साधारण तर्फको २७२ को बहुमत भए पुग्छ । इमरानले केही प्रान्तीय दलसँग मिलेर सरकार बनाउँदै छन् ।


