Breaking News.... EverestOnlineKhabar
June 24, 2026

नेपाल र नेदरल्याण्डबीचको ऐतिहासिक ‘वान डे’ सुरु, टस हारेर नेपाल फिल्डिङमा

Loading

काठमाडौं । ऐतिहासिक एक दिवसीय क्रिकेट खेलमा नेपालले टस हारेर पहिले बलिङ गर्ने भएको छ । नेदरल्यान्ड्सले टस जितेर ब्याटिङ गर्ने भएसँगै नेपालले बलिङको निम्तो पाएको हो । एमस्टेलभिनस्थित भिरा क्रिकेट मैदानमा नेपालले घरेलु टिम नेदरल्यान्ड्ससँग एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिजअन्तर्गतको पहिलो खेल खेल्न लागेको हो । ऐतिहासिक खेलमा नेपाल जितको खोजिमा छ ।

नेपालले पहिलो खेलमा नै नेदरल्यान्ड्समाथि उसैको भूमिमा जित हात पार्दै सुखद सुरुवात गर्ने दाउमा छ ।  नेपाली क्रिकेट टिम यतिबेला निकै लयमा रहेको छ । यद्यपी नेदरल्यान्ड्स नेपालभन्दा बलियो टिम हो । नेदरल्यान्ड्स पनि नेपाललाई पराजित गर्ने लक्ष्यमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed