Breaking News.... EverestOnlineKhabar
June 26, 2026

अफगानिस्तानः बमलाई बसले कुल्चिएपछि बिष्फोट, ८ जनाको ज्यानगयो

Loading

बीबीसी । अफगानिस्तानको दक्षिणी भागमा पर्ने फराह प्रान्तमा सडक किनारमा रहेको बम विस्फोट हुँदा ८ जनाको मृत्यु भएको छ। विस्फोटमा परी ४० जना घाइते भएको स्थानीय अधिकारीहरुले जानकारी दिएका छन्।

आतङ्ककारी समूहले सडकको किनारका जडान गरेर राखेको बम एक यात्रुवाहक बसले ठोक्किँदा विस्फोट भएको थियो। विस्फोटको हालसम्म कुनै पनि समूहले जिम्मा लिएको छैन।

यस प्रकारको विस्फोट बारम्बार तालिवान आतङ्ककारी समूहले गराउँदै आएको हुनाले हाल पनि सोही समूहको हात रहेको प्रहरीको दाबी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed