राष्ट्रियसभा बैठकमा सत्ता र बिपक्षी दलका सांसदहरुबीच चर्काचर्की, बैठक साउन ९ गतेसम्मका लागि स्थगित (भिडियो)

732 total views, 3 views today

काठमाडौं । सांसदहरुको होहल्लाका कारण राष्ट्रियसभा बैठक अवरुद्ध भएको छ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठक प्रारम्भ भएको जानकारी गराउन नपाउँदै सत्तापक्षका सांसदहरु उठे । लगत्तै प्रमुख प्रतिपक्षी दलका सांसदहरु पनि उभिए । अध्यक्षले सत्तापक्ष र प्रमुख प्रतिपक्षी दलका सांसदहरुलाई बस्न आग्रह गर्दै नेकपाका प्रमुख सचेतक खिमलाल भट्टराईलाई बोल्न समय दिए ।

त्यसपछि बसेका प्रतिपक्षी दलका सांसदहरु पनि उभिए । त्यसपछि अध्यक्षको अनुमतिबिना नै दुवै पक्षका सांसदहरुबीच भनाभन सुरु भयो । प्रमुख प्रतिपक्षी दलका सांसदहरु उभिएर विरोध जनाइरहेका बेला बोलेका नेकपाका प्रमुख सचेतक  भट्टराई सदनले चल्नुपर्छ भन्दै जबरजस्ती सदन रोक्न पाइँदैन भन्ने अभिव्यक्ति राखेपछि फेरि काग्रेसका सांसद सुरेन्द्र पाण्डे र सरिता प्रसाईले प्रतिकार गरे । त्यसपछि बैठकमा होहल्ला सुरु भयो ।

 निकै समयपछि सत्तापक्ष दलका सदस्यले आसन ग्रहण गरेपनि प्रतिपक्षी दलका सदस्य उभिइरहेपछि अध्यक्षले बैठक साउन ९ गते बुधबार बिहानसम्मका लागि स्थगित भएको जानकारी गराए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

सूचना, परिवर्तन र सम्रिद्धीको लागि संचार