![]()
एजेन्सी । गुगलले ५ खर्ब रुपैयाँ भन्दा धेरै जरिवाना तिर्नुपर्ने भएको छ । मोबाइल अपरेटिङ सिस्टम एन्ड्रोइडमाथि ४ अर्ब ३४ करोड युरो जरिवाना भएको हो । इन्टरनेट सर्चमा आफ्नो प्रभुत्व कायम गर्नका लागि अवैधानिक रुपमा प्रयोग भएको अभियोगमा युरोपेली आयोगले गुगलमाथि यति ठूलो रकम जरिवाना गरेको हो ।
आफ्नो यस्तो नाफाखोरी व्यवसायिक गतिविधि परिवर्तन गर्न वा आफ्नो दैनिक विश्वव्यापी आयको ५ प्रतिशत थप जरिवानाको सामना गर्न युरोपेली आयोगले गुगलको मातृ कम्पनी अल्फाबेटलाई ९० दिनको समयसीमा दिएको छ । उता गुगलले भने आयोगको उक्त निर्णयको पुनरावेदन गर्ने जनाएको छ ।


