Breaking News.... EverestOnlineKhabar
June 27, 2026

कांग्रेसमाथि ओलीको कटाक्ष : ‘कांग्रेस जुरुक्क उभिन पनि नसक्ने भयो’

Loading

काठमाडौं।  प्रधानमन्त्री एवं ने क पाका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेससँगै कुनै एजेन्डा नभएको बताएका छन्।  ४० औं पुष्पलाल स्मृति दिवसको अवसरमा काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कांग्रेस देखेर माया लाग्नेसमेत बताए।

‘कांग्रेस देखेर माया लाग्छ। सानोमा हजुरआमाहरु कुरा गर्दा मैले चाख मानेर सुन्थें। हेर के गरेको, यो उमेरमा त हामी उडेको चरा समात्थ्यौँ भन्थे। हो, त्यस्तै भएको छ काँग्रेस। जुरुक्क उभिन सक्दैन, तर उडेको चरा समात्ने सपना देख्छ।’

कांग्रेसले पटकपटक बहुमत ल्याउँदा पनि देशका लागि केही नगरेको ओलीको आरोप थियो। उनले कांग्रेसको पालामा आफूलाई पक्राउ गरेकोसमेत स्मरण गराए।

ओलीले कांग्रेसतिर इंगित गर्दै प्रतिक्रियाबादीहरु अलि छिटो हडबडाउने गरेको तर्क गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.