Breaking News.... EverestOnlineKhabar
June 27, 2026

Loading

काठमाडौँ।  चिकित्सा शिक्षा क्षेत्र सुधारको माग राखेर १५औँ पटक अनशन बसिरहेका डा गोविन्द केसीको अनशन  २४ दिन लागेको छ। डा केसीको यो सबैभन्दा लामो अनशन हो। यसअघि ११औँ अनशन २३ दिनसम्म चलेको थियो।

डा केसीको स्वास्थ्य गम्भीर बन्दै गइरहेको छ। उनको मुटुको गति जतिबेला पनि बन्द हुन सक्ने चेतावनी चिकित्सकहरूले दिइरहेका छन्। तर, सरकार भने डाक्टर केसीले स्वतन्त्र निर्णय लिन सक्ने भएपछि मात्र वार्ता गर्ने भन्दै बसिरहेको छ। केसी माग पूरा नभए अनशन नतोड्ने अडानमा छन्। दुवै पक्षको अडानका कारण वार्ता सफल हुन सकेको छैन।

डा केसीले असार १६ गते जुम्लाबाट अनशन सुरु गरेका थिए। जुम्लामा स्वास्थ्य उपचार गर्ने पर्याप्त व्यवस्था नभएपछि सरकारले अनशनको २०औँ दिन उनलाई काठमाडौँ ल्याइएको थियो।

काठमाडौँ ल्याउने निर्णयमा केसीको असन्तुष्टि रहेको थियो। त्यसैको विरोधस्वरुप केसीले कुनै पनि स्वास्थ्य परीक्षण गराउन मानेका छैनन्।  स्वास्थ्य अवस्था बिग्रिएका कारण केसीले आफूसँग भेट्न पुगेका विभिन्न दलका नेताहरूसँग अन्तर्क्रिया गर्न सकेका छैनन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.