Breaking News.... EverestOnlineKhabar
June 26, 2026

डा.केसीका माग पूरा नभए मुलुकमा आगो बल्ने पूर्व प्रधानन्यायाधीश कार्कीको चेतावनी

Loading

काठमाडौं । पूर्व प्रधान न्यायधीश सुशीला कार्कीले डा. गोविन्द केसीका माग पूरा नभए देशमा आगो बल्ने बताएकी छन् । डा. केसीको समर्थनमा सुरु भएको आन्दोलन राजनीतिक नभएर सामाजिक आन्दोलन भएको भन्दै उनले भनिन्, “यसलाई राजनीतिक आन्दोलन नभनियोस् भनियो भने फरक पर्छ । डा. गोविन्द केसीका माग पूरा नभए देशमा आगो बल्छ ।”

 बानेश्वरमा भएको कोणसभालाई सम्बोधन गर्दै उनले पार्टीको घोषणा पत्रमा जनतालाई स्वास्थ्य र शिक्षाको अधिकार सुलभ बनाउने भन्दै भोट मागेको राजनीतिक दलले अहिले सरकारमा पुगेपछि त्यसलाई बुझ पचाएको टिप्पणी गरिन् । डा. केसी र उनीजस्ता समाजसेवी कुनै दलका कार्यकर्ता नभएको स्पष्ट पार्दै उनले डा. केसीले जनताको आवाज उठाएको सबैले थाहा पाएको बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed