![]()
बीबीसी । बाढी पहिरोको प्रकोपका कारण नाइजेरियामा ५२ जनाको मृत्यु भएको छ । भने कैंयाै बेपता भएका छन्। बाढीका कारण सबैभन्दा बढी नाइजेरियाकाे जिविआ जिल्ला प्रभावित भएकाे छ। अत्यधिक वर्षापछि स्थानीय नदीहरूमा पानीको मात्रा बढेर बाढी आएको काटसीना राज्यको आपतकालीन व्यवस्थापन निकायका प्रमुख अमिनु वाजिरिले जानकारी दिएका छन्।
“हामीलाई अहिलेसम्म ती पाँच गाउँबाट ५२ जनाको शव भेटिएको विवरण प्राप्त भएको छ,” उनले भने।आपतकालीन सेवा प्रमुख वाजिरिले हराइरहेकाहरूकाे पनि खोजी भइरहेको जानकारी दिए।
बेपत्ता भएका मध्ये केहीको मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ । कतिपय बाढीपहिरो पीडितहरूलाई जटिल अवस्थाबाट उद्धार गरिएको वाजिरिले बताए।
बाढी पहिरोमा परी दुई हजारभन्दा बढी स्थानीय बासिन्दा विस्थापित भएका छन् भने २७ जना घाइते भएका छन्।विस्थापितहरूलाई जिविआको स्थानीय विद्यालयहरूमा अस्थायी शिविर बनाएर राखिएको छ भने घाइतेहरूलाई अस्पतालमा उपचार गराइएको छ ।


