Breaking News.... EverestOnlineKhabar
July 10, 2026

कमल थापा नेतृत्वको राप्रपाले फागुन ७ बाट आन्दोलन गर्ने : ‘हिन्दू राष्ट्र बटमलाइन’

Loading

काठमाडौं । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले आउँदो फागुन ७ गतेदेखि हिन्दू राष्ट्र पुनर्स्थापनाका लागि निर्णायक संघर्ष गर्ने घोषणा गरेको छ ।

काठमाडौंमा राप्रपाले आयोजना गरेको हिन्दू राष्ट्र पुनस्र्थापना जनजागरण अभियानको उद्घाटन गर्दै अध्यक्ष कमल थापाले देशब्यापी जागरण अभियान सञ्चालन गर्ने र फागुन ७ गतेदेखि निर्णायक आन्दोलन गर्ने घोषणा गरेका हुन् ।

अध्यक्ष थापाले आफूहरुले आन्दोलनअघि नै संविधान संशोधनमार्फत धर्म निरपेक्ष हटाउन सरकारलाई आग्रहसमेत गरेको जानकारी दिए । हिन्दू राष्ट्र स्थापनाका लागि आन्दोलन गर्न आवश्यक परे पार्टी र झण्डा प्रयोग नगरीस्वतन्त्र आन्दोलन गर्न पनि तयार रहेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed