![]()
बीबीसी । सिरियाको सेनाले अत्यधिक रणनीतिक महत्वको डारा क्षेत्रलाई आफ्नो नियन्त्रणमा लिएको दाबी गरेको छ। सिरियाको दक्षिणी क्षेत्रमा पर्ने सो क्षेत्रलाई सोमबार आफ्नो नियन्त्रणमा लिएको सिरियाली सेनाका अधिकारीहरूले बताएका छन्।
राज्यद्वारा सञ्चालित साना समाचार संस्थाले सम्प्रेषण गरेको समाचार अनुसार डाराको उत्तरपश्चिममा पर्ने अल हराहसहितको क्षेत्रलाई सेनाले आफ्नो नियन्त्रणमा लिएको हो।
बेलायतको लण्डनमा कार्यालय रहेको अनुगमनकर्ताहरूको समूह सिरियन अब्जरभेटरी फर ह्युमन राइटस्ले पनि डारामा सिरियाली सेनाले सकारात्मक उपलब्धि हासिल गर्न थालेको जनाएको छ।


