![]()
झारखण्ड,असार ।
भारत झारखण्डमा एक परिवारका सबै ६ जनाले आत्महत्या गरेका छन् । झारखण्डको हजारीबाग शहरका एक व्यवसायीको सबै परिवारका सदस्यको शव घरभित्रै फेला परेको हो । घरबाट प्रहरीले ६ वटा सुसाइड नोट पनि फेला पारेको जनाएको छ । रातो रंगको कागजमा रहेको सबै सुसाइड नोटमा आफूहरुले स्वेच्छाले आत्महत्या गरेको उल्लेख गरिएको जनाइएको छ ।
यद्धपि,बच्चाको भने घाँटी रेटेर हत्या गरिएको उल्लेख छ । सबै शव घरको विभिन्न स्थानमा फेला परेका थिए । सुसाइड नोट कस्ले लेखेको हो भन्नेमा प्रहरीले अनुसन्धान थालेको छ । प्रारम्भिक छानबीनमा ती व्यापारीको ठूलो रकम फसेको खुलेको प्रहरीले जनाएको छ । ७० वर्षीय महावीर माहेश्वरी शहरको ड्राई फ्रुट्सका ठूला व्यापारी रहेको उल्लेख गरिएको छ ।


