Breaking News.... EverestOnlineKhabar
July 10, 2026

सभापति देउवा र वरिष्ठ नेता पौडेल आफ्नो समूहलाई बलियो कसरतमा…

Loading

काठमाडौ,असार ।
नेपाली कांग्रेसभित्र आफ्नो गुट बलियो बनाउने कसरत भइरहेको छ । आफ्नो समूहलाई बलियो बनाउने कसरतस्वरूप आइतबार सभापति शेरबहादु देउवाले आफूपक्षीय केन्द्रीय सदस्यको बैठक गरे भने वरिष्ठ नेता रामचन्द्र पौडेलले सोमबार त्यस्तै प्रकृतिको बैठक बोलाएका छन् ।
देउवाले आफूपक्षीय केन्द्रीय सदस्यको बैठक गरेलगत्तै संस्थापनइतर पक्षले सोमबार त्यस्तै प्रकृतिको बैठक बोलाएको हो । छलफलका विषय समानजस्तै भए पनि दुवै पक्षको बैठकको अन्तर्य भने आ–आफ्नो समूहलाई गोलबद्ध बनाइराख्ने रणनीतिबाट लक्षित देखियो ।
बूढानीलकण्ठस्थित आफ्नै निवासमा आयोजित बैठकमा देउवाले आफ्नो पोजिसन बुझ्नका लागि सुझाव लिएको उनीनिकट एक केन्द्रीय सदस्यले बताए । आइतबारको बैठकमा पार्टीभित्र आफ्नो वर्चस्व कसरी कायम राख्ने भन्नेमा सभापति देउवा केन्द्रित देखिन्थे भने सोमबार हुने संस्थापनइतर पक्षको भेलामा पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासहितका नेता देउवालाई कसरी कमजोर बनाउन सकिन्छ भन्नेमा केन्द्रित भएको देखिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed