![]()
उक्त खेलमा ब्राजिल २–० ले विजयी भयो । तर, नेइमारको निकै आलोचना भयो । बेल्जियमसँग पराजित हुँदै ब्राजिल विश्वकपबाट बाहिरिए पनि नेइमारको उक्त घटना सेलाएको छैन ।
यही घटना अहिले ह्यासट्याग नेइमार च्यालेन्जको नामबाट सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । सामाजिक सञ्जालका प्रयोगकर्ताहरुले नेइमारलेजस्तै नाटक देखाएर कमेडी भिडियो क्लिपहरु अपलोड गरिरहेका छन् ।
विम्बल्डन ओपन टेनिसको म्यान्स डबल्सतर्फको तेस्रो चरणको खेलमा बिहीबार जोनस बीजोर्कम्यानले यस्तै गरेका हुन् । आफ्ना पार्टनर टोड उडब्रिजको बलले उनको ढाडमा लागेको थियो । उनी ठिक थिए, तर यही मौकालाई उनले नेइमारलाई जिस्क्याउन प्रयोग गरे ।
उपस्थित दर्शकहरु पनि उनको क्रियाकलाप हेरेर हाँसे । त्यसपछि बीजोर्कम्याचले पनि हाँसे । खासमा उनले दर्शकहरुलाई रमाइलो देखाउन चाहेका थिए । उनी स्विेनका प्रतिस्पर्धी हुन् ।


