Breaking News.... EverestOnlineKhabar
June 25, 2026

निर्वाचन आयोगको ठूलो निर्णय: गगन थापा नेतृत्वको समूहले पायो वैधानिकता, ‘रूख’ र ‘चारतारे’ झण्डा थापाकै पक्षमा

Loading

काठमाडौँ | नेपाली कांग्रेसभित्र लामो समयदेखि चल्दै आएको नेतृत्वको विवादले नयाँ मोड लिएको छ। निर्वाचन आयोगले राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ बमोजिम विवरण अद्यावधिक गर्दै गगन थापा पक्षलाई आधिकारिकता दिने निर्णय गरेको छ।

यो निर्णयसँगै अब नेपाली कांग्रेसको आधिकारिक चुनाव चिन्ह ‘रूख’ र झण्डा ‘चारतारे’ गगन थापा नेतृत्वको समूहले प्रयोग गर्न पाउने भएको छ।

आयोगमा परेको थियो दुई पक्षको दाबी
आजै शेरबहादुर देउवा र गगन थापा दुवै पक्ष आ-आफ्नो दाबीसहित निर्वाचन आयोग पुगेका थिए। दुवै पक्षले आफू नै संस्थापन भएको जिकिर गर्दै निवेदन दर्ता गराएका थिए। तर, आयोगले आवश्यक कागजात, दलको विधान र प्रक्रियागत प्रमाणहरूको अध्ययन गरी थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिने निर्णय सुनाएको हो।

“जता रूख र चारतारे, त्यतै संस्थापन”
निर्वाचन आयोगको यो फैसलापछि कांग्रेसभित्रको शक्ति सन्तुलनमा ठूलो फेरबदल आएको छ। राजनीतिक वृत्तमा “जता रूख र चारतारे चिन्ह हुन्छ, त्यही नै आधिकारिक संस्थापन पक्ष मानिने” मान्यता छ। आयोगको यो कदमले देउवा पक्षलाई ठूलो धक्का लागेको छ भने थापा पक्ष उत्साहित बनेको छ।

अबको बाटो: एकता र चुनाव
नेतृत्वको विवाद टुङ्गिएसँगै अब कांग्रेसका सबै नेता तथा कार्यकर्ताहरू एकताबद्ध भएर निर्वाचनमा होमिनुपर्ने दबाब बढेको छ। गगन थापा पक्षका नेताहरूले अब सबै कांग्रेसीहरूलाई गोलबन्द गर्दै आगामी निर्वाचनमा पहिलो पार्टी बनाउने उद्घोष गरेका छन्।

विवादको अन्त्यसँगै कार्यकर्तामा रहेको अन्योल हटेको छ। अबको मुख्य चुनौती भनेको असन्तुष्ट पक्षलाई मिलाएर आगामी चुनावी अभियानलाई तीव्रता दिनु हुनेछ।

निर्वाचन आयोगद्वारा राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार विवरण अद्यावधिक।गगन थापा पक्षले पायो कांग्रेसको आधिकारिक मान्यता।’रूख’ चिन्ह र ‘चारतारे’ झण्डा अब थापा नेतृत्वको टिमसँग रहने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed