Breaking News.... EverestOnlineKhabar
June 26, 2026

Loading

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा धर्ना दिएका ३१ जना अधिकारकर्मीलाई प्रहरीले गिरफ्तार गरेको छ । नेकपा नेतृत्वको सरकारका निर्णयहरु स्वतन्त्रता विरोधी र स्वेच्छाचारी भएको भन्दै मानव अधिकार तथा शान्ति समाजले शनिबार दिउँसो बालुवाटारमा धर्ना दिएको थियो ।

प्रहरीले समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति डा. गंगाधर अधिकारी, सल्लाहकार होमकान्त चौलागाई, महासचिव उत्तम पुडासैनी, सचिव बलबहादुर गाहा मगर, कोषाध्यक्ष बटुकृष्ण ढुंगेल लगायतलाई पक्राउ गरेको छ ।

धर्नामा बसेकाहरुले ‘सत्याग्रही भोकै छन्ः नेपाली जनता रोएका छन्’, ‘ओली सरकारको उपहारः स्वतन्त्रतामाथि प्रहार’, ‘स्वतन्त्रता विरोधी निर्णय खारेज गर’, ‘स्वेच्छाचारी गतिविधि बन्द गर’, ‘शिक्षामा माफिया चलखेल अन्त्य गर’, ‘स्वास्थ्यमा माफिया चलखेल अन्त्य गर’ लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

शान्ति समाजले पर्सि नयाँ बानेश्वरस्थित संसद भवन अगाडि धर्ना दिने पनि बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.