Breaking News.... EverestOnlineKhabar
June 26, 2026

राजकुमार विश्वकपमा व्यस्तभएपनि साउदीद्वारा खतरनाक हमला जारी

Loading

एजेन्सी,जेठ ।
साउदी अरबले बिहीबार योपटकको विश्वकपमा आफ्नो पहिलो खेल खेलेको छ भने उता ४ हजार किलोमिटर पर साउदीकै नेतृत्वमा सेनाले यमनमाथि हालसम्मकै ठूलो हमला गरेको छ । यता ट्वीटर लगायत सामाजिक संजालमा भने राष्ट्रपति पुटिनले रुसको पहिलो गोलपछि राजकुमार मोहोम्मद बिन सलमानसँग हात मिलाउन खोज्दा उनले जिस्काउँदै हात नदिएकाबारे निकै ठूलो चर्चा भएको हो ।
तर राजकुमार मस्कोमा खेल हेरेर हाँसठट्टा गरिरहँदा सेनाले भने २०१५ मा युद्ध सु्रु भएदेखिकै भयानक आक्रमण गरेका हुन् । यस आक्रामक भीडन्तमा कैयौं मानिसको मृत्यु हुने र भयङ्कर मानव संकटको स्थिति उत्पन्न हुन सक्नेमा अन्तर्राष्ट्रिय समुदायले चिन्ता व्यक्त गरेका छन् ।
साउदीका सेनाहरुले बुधबारदेखि नै यमनको विमानस्थल नजिक पोर्टसिटीलाई लक्षित गरिरहेका थिए जहाँ अहिले इरानी सेनाको मद्दतमा हुथी विद्रोहीहरु हाबी रहेको विश्वास गरिन्छ । वास्तवमा त्यसै क्षेत्रबाट यमनमा ८० प्रतिशत भन्दा बढी खाद्य लगायत औषधीजन्य सामग्री र इन्धन भित्रिने हुँदा त्यस स्थान वरिपरि बस्ने २ लाख मानिस बाहेक यिनै वस्तुहरुमा निर्भर अन्य लाखौँ मानिसहरु पनि उत्तिकै जोखिममा रहेको बताइएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.