Breaking News.... EverestOnlineKhabar
June 26, 2026

अझै केही दिन धमिलो वर्षा हुने मौसमविद्को अनुमान,यस्तो पानी उपयोग नगर्न सुझाव

Loading

काठमाडौ,असार ।
आकाशबाट अझै केही दिन धमिलो पानी पर्ने मौसमविदले जनाएका छन् । भारतको राजस्थानलगायत आसपासका क्षेत्रको धुलो आँधीका कणहरू नेपाली वायुमण्डलमा मिसिएपछि धमिलो वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पश्चिमी वायुको प्रभावका कारण धुलो उच्च वायुमण्डलमा प्रवेश गरेकाले मध्यपहाडी भेग र दक्षिणतिरका भू–भागमा धमिलो वर्षा भएको महाशाखाका मौसमविद्ले जानकारी दिए ।
उच्च वायुमण्डलमा धुलोका कण अझै पनि रहेकाले एक÷दुई दिन यस्तै वर्षा हुन सक्ने उनीहरुको भनाई छ ।
धमिलो वर्षाले सामान्य अवस्थामा भन्दा स्वास्थ्यमा समेत असर गर्ने देखिएकाले सजक रहन पनि विज्ञले सुझाएका छन् ।
काठमाडौं सहित कतिपय ठाउँमा आकासे पानी संकलन गरी विभिन्न प्रयोजनमा उपयोग गरिने गरिएको छ । मौसमविद्हरुले यदि घरेलु उपयोगका लागि पानी संकलन गरीएको भए एक–दुई दिनको पानी संकलन नगर्न र कुनै पनि प्रयोजनका लागि उपयोग नगर्न आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.