Breaking News.... EverestOnlineKhabar
June 26, 2026

नेकपाको पहिलो स्थायी समिति बैठकःविधानमा सुझाव दिन १० दिनको समय

Loading

काठमाडौ,असार ।
नेपाल कम्युनिस्ट पार्टी (ने क पा) ले विधान मस्यौदा प्रतिवेदनलाई १० दिन अध्ययन गरी स्थायी समिति बैठकले पछि पारित गर्ने निर्णय गरेको छ। पार्टी एकीकरणपछि पहिलो पटक बसेको स्थायी समिति बैठकमा विधानमा आवश्यक सुझाव दिनका लागि समय छुट्याएको स्थायी समिति सदस्य देवेन्द्र पौडेलले जानकारी दिए । उनले भनेः‘धेरै विषय मिलिसकेकाले कुनै थप्नुपर्ने भए सुझाव मागिएको हो ।’
बैठकमा सरकारको काम–कारबाहीबारे पनि छलफल भएको थियो। बैठकलाई दुई अध्यक्षले सम्बोधन गरेका थिए भने पार्टी एकीकरण पछि एकता प्रक्रियामा भएको प्रगति महासचिव विष्णु पौडेलले जानकारी गराएका थिए । प्रधानमन्त्री केपी ओलीको आसन्न भ्रमणमा उठाउनुपर्ने एजेण्डाबारे पनि छलफल भएको पौडेलले जानकारी दिए। खनिज पदार्थको अनुसन्धान, व्यापार तथा पारवहन र निजी क्षेत्रलाई भ्रमणबाट हुने लाभलाई भ्रमणमा प्राथमिकता साथ उठाउन सुझाव दिएको उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.