![]()
बीबीसी । पाकिस्तान र अफगानिस्तानको सीमा क्षेत्रमा भएको हिंसात्मक घटनाका क्रममा कम्तीमा पाँच जना आतङ्ककारी मारिएका छन् । पाकिस्तानी क्षेत्रबाट सरकारी सुरक्षाकर्मी र अफगानिस्तानको क्षेत्रबाट आतङ्कवादीहरुले एक अर्कालाई आक्रमण गरेका थिए ।
पाकिस्तानको सेनाले जारी गरेको वक्तव्यका अनुसार उत्तर वजिरिस्तान क्षेत्रमा दुई पक्षीय आक्रमण भएको हो । आक्रमणका क्रममा पाकिस्तानी सेनातर्फ तीन जना मारिएका पनि सेनाको वक्तव्यमा उल्लेख छ ।


