Breaking News.... EverestOnlineKhabar
June 26, 2026

इजिप्टका फरवार्ड शलाहले चेचेन नेता काडिरोभसँग तस्विर खिचाएपछि विवादमा

Loading

एजेन्सी । इजिप्टका फरवार्ड मोहमद शलाहले चेचेन नेता रामजान काडिरोभसँग तस्विर खिचाएपछि विवादमा तानिएका छन् । निकै विवादीत मानिने नेता काडिरोभ र शालाहले हात मिलाइरहेको तस्विर यतिबेला सामाजिक सञ्जालमा ब्यापक शेयर भएको छ ।

धेरैले यो तस्विरलाई नेता काडिरोभले हाइप्रोफाइल खेलाडीलाई आफ्नो राजनीतिक प्रोपोगाण्डाको रुपमा हेरेका छन् । आफ्नो सार्वजनिक छवि सुधार गर्न उनले यो स्टन्ट गरेको धेरैले आरोप लगाएका छन् । काडिरोभको शासनकालमा धेरैलाई यातना दिएको, गैरन्यायीक हत्या भएको र समलैंगिकहरुको सफाया गरिएको आरोप लाग्दै आएको छ ।

समाचार एजेन्सीहरुका अनुसार शालाह ग्रोन्जीमा रहेको आफ्नो होटलको कोठामा आराम गरिरहेको बेला एक महत्वपूर्ण पाहुना उनका लागि होटलको लब्बीमा पर्खिरहेको खबर पाएका थिए । जब इजिप्टका स्टार तल झरे उनले चेचेन नेता काडिरोभ र उनका सहयोगीहरुलाई पाए । त्यसपछि काडिरोभले उनलाई इजिप्टको टोलीले प्रशिक्षण गरिरहेको स्टेडियमसम्म आग्रह गरेका थिए । त्यहाँ हजारौँको संख्यामा फ्यानहरु पनि उपस्थित थिए ।

शलाह स्टेडियममा इजिप्टको जर्सीमा देखिएका थिए भने नेता काडिरोभ हरियो ट्रयाक सुटमा देखिए ।

पूर्व विद्रोही नेता काडिरोभ यतिबेला मस्को निकट मानिन्छन् । सन् २००४ मा उनको पिता राष्ट्रपति अख्मद काडिरोभको हत्यापछि चेच्नियाँमा उनी निकै शक्तिशाली मानिन्छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.