Breaking News.... EverestOnlineKhabar
June 26, 2026

नेपालमा माक्र्सबादी स्कूल स्थापना गर्ने भन्दै ब्राजिल घुमेर आए नेता नेपाल र श्रेष्ठ

Loading

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ ब्राजिल घुमेर स्वदेश फर्किएका छन् ।

ब्राजिलको फ्लोरेस्टन फर्नान्डेज नेसनल स्कूलको अध्ययन भ्रमणमा गएका दुवै नेताले नेपालमा मार्क्सवादी स्कूल सञ्चालनको बारेमा छलफल गरेको बताएका छन् । नेपालमा मार्क्सवादबारे नियमित कक्षा चलाउन मदन भण्डारी एसियन स्कूल स्थापना गर्ने तयारी छ ।

नेताहरुले ब्राजिलमा उक्त स्कुलको प्रशिक्षण कार्यक्रममा समेत सहभागी भएर शिक्षण सिकाइको अनुभव पनि ग्रहण गरेको बताएका छन् । त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै नेताहरुले नेपालमा कम्युष्टि पार्टीको एकताले विश्व समुदाय खुशी भएको बताए । नेपालमा मार्क्सवादी स्कूल स्थापनाबारे अध्ययन गरिएको उनीहरुले बताए ।

नेपालले नेपाल कम्युनिस्ट पार्टीको एकीकरणले अन्तर्रा्ष्ट्रिय समुदाय खुसी रहेको बताउँदै नेकपाको एकताले अन्तर्रा्ष्ट्रिय समुदाय र विशेष गरी विश्वका कम्युनिष्टलाई उत्साह जगाएको दावी गरे ।

प्रवक्ता श्रेष्ठले नेपाल कम्युनिष्ट पार्टीले प्राप्त गरेको सफलताका विषयमा पनि अन्तर्रा्ष्ट्रिय कम्युनिष्ट पार्टीहरुसँग छलफल गरिएको बताए । उनले नेपाल कम्युनिष्ट पार्टीको सफलताका कारणबारे विश्वका सबै कम्युनिष्ट पार्टीहरुले गहिरो चासो व्यक्त गरेको पनि जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.