Breaking News.... EverestOnlineKhabar
June 26, 2026

स्वास्थ्यका कारण पेले विश्वकपको उद्घाटनमा उपस्थित हुने/नहुने अनिश्चित

Loading

एजेन्सी । ब्राजिलियन फुटबल हस्ती पेले आगामी बिहिबार रूसमा हुने विश्वकपको उद्घाटनमा सहभागी हुने नहुने अनश्चित भएको छ। विश्वकप कार्यतालिका रद्द भएपछि उनी उद्घाटनमा सहभागि हुने अनिश्चित बनेको हो ।

खराब स्वास्थ्यका कारण बिहीबार हुने उद्घाटनमा उनी जाने नजाने निश्चित हुन सकेको छैन । उनका प्रवक्ताले सञ्चारकर्मीहरुलाई दिएको जानकारी अनुसार उनको खुट्टामा समस्या देखिएको छ। यदि उक्त समस्या समाधान भएन भने उनी उद्घाटनमा उपस्थित हुने छैनन्।

पछिल्लोपटक उनको मेरूदण्ड, थाई र कुर्कुरे हड्डीको अप्रेसन गरिएको थियो। लुजनिकी स्टेडियममा हुने उद्घाटनमा रूस र फिफाले उनलाई मुख्य पाहुना बनाएको थियो।

७८ वर्षीया पेलेले ब्राजिललाई तीन विश्वकपको ट्रफी दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए। सन् १९५८, १९६२ र १९७० मा ब्राजिलले ट्रफि उचाल्दा पेले ब्राजिलको टिमका मुख्य खेलाडी थिए ।

ह्विलचेयरमा आइतबार रसिया पुगेका पेलेलाई रसियाली राष्ट्रपति भ्लादिमिर पुटिन विमानस्थलमा पेलेको स्वागत गर्न पुगेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.