Breaking News.... EverestOnlineKhabar
June 26, 2026

सरकारले खेलकुदमा महिला सहभागिता बढाउन देशभर अभियान सञ्चालन गर्ने

Loading

काठमाडौं। सरकारले खेलकुदमा महिला सहभागिता बढाउन देशभर अभियान सञ्चालन गर्ने भएको छ।

मंगलबार काठमाडौंमा आयोजित ‘राष्ट्रपति खेलकुदमा महिला सहभागिता वृद्धि’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले खेलकुदमा महिलाहरुको बढिभन्दा बढी सहभागिता बढाउन सबै जिल्लामा अभियाननै सञ्चालन गर्न लागिएको जानकारी दिए। त्यसका लागि सरकारले आवश्यक बजेट र कार्यविधि तय गरिसकेको उनले बताए।

उनले नेपालको पहिचानलाई विश्वमा उचाइमा पु¥याउन पनि नेपाली महिला खेलाडीहरुको सहभागितामा वृद्धि गर्ने सोच बनाइएको स्पष्ट पारे। अभियानका लागि सरकारले राष्ट्रपति खेलकुद महिला विकास कार्यक्रममार्फत् आवश्यक बजेटको व्यवस्था गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.