Breaking News.... EverestOnlineKhabar
June 26, 2026

सुन प्रकरणका नाइके गोरे, भुजुङ र वाङ्गेलको सम्पत्ती छानबिन हुँदै

Loading

काठमाडौं । सम्पत्ति सुद्धीकरण अनुसन्धान विभागले सुन तस्करीमा संलग्न चुडामणि उप्रेती ‘गोरे’ सहित तीन जनाले गैरकानुनी रुपमा आर्जन गरेको सम्पतिको छानबिन सुरु गरेको छ।

विभागले सुन तस्करीमा संलग्न अभियुक्तहरू गोरे, भुजुङ गुरुङ र छिरिङ वाङगेललाई विभागमा झिकाएर सम्पत्ति छानवीन अनुसन्धान प्रक्रिया अघि बढाएको जनाएको छ । उनले त्यसक्रममा सुन तस्करीमा संलग्न जोकोहीलाई पनि अनुसन्धानको दायरामा ल्याउने पनि बताए।

विभागले गोरे, भुजुङ र छिरिङलाई सम्पत्ति छानबिनको क्रममा सफाइको मौका समेत दिने तयारी गरेको छ। अभियुक्तहरूलाई आवश्यक्ता अनुसार विभागमा झिकाएर सफाइको मौका दिइने छ ।

विभागले सम्पत्ति छानबिन अनुसन्धानका क्रममा अभियुक्तहरू गोरे, भुजुङ र छिरिङविरुद्ध अदालतमा दायर भएको मुद्दाको प्रमाणलाई पनि आधार बनाउने स्पष्ट पारेको छ। गैरकानुनी ढंगबाट आर्जन गरिएको सम्पत्ति छानबिनका लागि विभागले सम्बद्ध पक्ष सबैसँग संलग्न रहेर अनुसन्धान प्रक्रियालाई अघि बढाउने छ । अनुसन्धानका क्रममा सो कार्यमा संलग्न समूहलाई नै अनुसन्धानको दायरामा ल्याउन सकिने पनि बिभागले स्पष्ट पारेको छ ।

विभागले सोमबार मोरङ कारगार र सुनसरीको झुम्का कारगारमा रहेका गोरेसहित तीन जना अभियुक्तलाई आवश्यक अनुसन्धानका लागि काठमाडौं झिकाएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.