Breaking News.... EverestOnlineKhabar
June 28, 2026

प्रधानमन्त्री कपःउपाधिका लागि आर्मी र एपीएफ भिड्दै

Loading

काठमाडौ,जेठ ।
प्रधानमन्त्री कप एकदिवशीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि विभागीय टोली त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बल (एपिएफ) क्लब भिड्ने भएका छन् ।
राष्ट्रिय खेलाडी विनोद भण्डारीको कप्तानीमा रहेको आर्मी क्लब र राष्ट्रिय टोलीका भेट्रान बलर वसन्त रेग्मी नेतृत्वको एपिएफबीच फाइनल खेल सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा हुनेछ ।
राष्ट्रिय खेलकुद परिषद्को अयोजना तथा नेपालय इन्टरनेशनलको व्यवस्थापनमा भइरहेको उक्त प्रतियोगितामा आर्मी क्लब अपराजित टोली हो । प्रतियोगितामा एपिएफले पनि उत्कृष्ट खेल प्रदर्शन गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.