Breaking News.... EverestOnlineKhabar
June 28, 2026

भियतनाममा सरकारले ल्याएको योजनाविरुद्ध प्रदर्शन

Loading

एजेन्सी,जेठ ।
भियतनाममा सरकारले ल्याएको नयाँ आर्थिक क्षेत्रहरुको योजनाविरुद्ध विरोध प्रदर्शन चर्किएको छ । चिनियाँ लगानीकर्ताहरुले नयाँ आर्थिक क्षेत्र कब्जा गर्न सक्ने त्रासका कारण विरोध चर्किएको बताइएको छ । कम्युनिष्ट सरकारले चिनियाँ लगानीकर्तालाई पुरस्कृत गर्ने उनीहरुको आशंका छ ।
राजधानी हनोइमा भएको प्रदर्शनमा दर्जनौं प्रदर्शनकारीलाई पक्राउ गरिएको छ । प्रदर्शनका कारण अरु शहरमा पनि जनजीवन प्रभावित भएको छ ।
गत वर्षमात्र भियतनाम सरकारले विदेशी लगानीकर्तालाई ९९ वर्षका लागि जग्गा भाडामा दिने योजना अघि सारेको थियो । विवादित दक्षिण चिनियाँ समुद्रमा रहेका तीनवटा टापु भाडामा दिने योजना सरकारको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.