Breaking News.... EverestOnlineKhabar
June 28, 2026

ट्रम्प–किम वार्ताका लागि सिंगापुरले १ अर्ब ६० करोड खर्च गर्ने…?

Loading

एजेन्सी,जेठ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उन बीचको शिखर वार्ताका लागि सिंगापुर सरकारले २० मिलियन सिंगापुर डलर खर्च गर्ने भएको छ । यो नेपाली रुपैया १ अर्ब ६० करोडभन्दा बढी हुन्छ । सिंगापुरका प्रधानमन्त्री ली सिएन लुङले अन्तर्राष्ट्रिय सुरक्षा प्रयासका लागि यो रकम खर्चिन उचित भएको प्रतिकृया दिएका छन् ।
लीले शिखरवार्ताले आफ्नो देशको प्रचार हुने भएकाले यसलाई सकारात्मक रुपमा लिनुपर्ने बताएका छन् । यसको आधा रकम सुरक्षा व्यवस्थामा खर्च हुने बताइएको छ । शिखर वार्ताका लागि र अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरीयाली नेता किम सिंगापुर पुगिसकेका छन् । आणविक हतियारलगायतका विषयमा चर्को विवाद र वहस गरिरहेका अमेरिकी राष्ट्रपति तथा उत्तर कोरियाली नेताबीच हुन लागेको यो पहिलो भेटवार्ता हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.