Breaking News.... EverestOnlineKhabar
June 28, 2026

सांसद झपट रावलको प्रश्नः‘संसदभित्र यूएनडिपीको बजेट किन र कसरी पस्यो ?’

Loading

काठमाडौ,जेठ ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (ने क पा ) का सांसद झपट रावलले यूयनडिपीको आर्थिक सहयोगमा सांसदहरुलाई अभिमुखीकरण तालिम दिएकोप्रति आपत्ति जनाएका छन् । आईतबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद रावलले भनेः‘सरकारको बजेट हुँदा हुँदै पनि त्यो बजेट खर्च नगर्ने तर दातृ निकायको बजेटलाई संसदभित्र प्रवेश गर्न काम कस्को निर्देशनमा भएको हो ?’
उनले भनेः‘सांसदहरुलाई राज्यले सेवा,सुविधा र तलब दिएको छ तर आफ्नै स्रोतले गर्न सक्ने काम पनि परियोजनाको बजेटले प्राथमिकता पाएको विषयलाई सामान्य रुपमा लिन मिल्दैन ।’
उनले अगाडी भनेः‘आर्थिक प्रलोभनमा पारेर सांसदहरुलाई दाताहरुको निर्देशनमा हिडाउन मिल्दैन र यो कार्य कुनैपनि हालतमा क्षमा दिन सकिने खालको छैन् ।’
संसदीय प्रक्रियाबारे जानकारी गराउन भन्दै संसद सचिवालयले जेठ २३ र २४ गते २ दिन प्रतिनिधिसभा र राष्ट्रियसभाका सबै सांसदहरुको लागि तालिम आयोजना दिएको थियो । सरकारी बजेट थन्क्याएर सचिवायलले राष्ट्रसंघीय विकास कार्यक्रम यूएनडीपीको लगानीमा तालिम गर्न लागेको भन्दै सांसदहरुले असन्तुष्टी जनाएका हुन् । अपारदर्शी र सरकारको नियन्त्रणबाहिर रहेका संस्थाहरुले आयोजना गर्ने कार्यक्रमको औचित्य नहुने सत्तारुढ दलका एक सांसदले असन्तुष्टि जनाए । केहि सांसदहरु तालिममा समेत सहभागि भएनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.