![]()
एजेन्सी,जेठ ।
विश्वकपअघि भएको मैत्रीपूर्ण खेलमा ब्राजिलले सानदार जित हात पारेको छ। ब्राजिलले आइतबार भएको मैत्रीपूर्ण खेलमा अस्ट्रियालाई ३–० गोलले पराजित गरेको हो । यसअघि अस्ट्रियाले अघिल्लो खेलमा जर्मनीलाई २–१ ले हराएको थियो।
ब्राजिलको जितमा ग्राबियल जेसस, नेइमार र काउटिन्होले १–१ गोल गरे।
जेससले खेलको ३६ मिनेटमा गोल गरेर ब्राजिललाई अग्रता दिलाए। ६३ मिनेटमा नेइमारले अग्रता दोब्बर पारे। उनले विलियमले दिएको पासलाई सदुपयोग गरेका थिए। ६९ मिनेटमा ब्राजिलले तेस्रो गोल गरेको थियो। फिर्मिनोले मिहिनेत गरेर निकालेको पासमा काउन्टिन्होले गोल गरेका हुन्।
दोस्रो हाफमा ब्राजिल खेलमा हाबी देखियो। उसले खेल अवधिभर ६५ प्रतिशत बल नियन्त्रणमा लिएको थियो। यस्तै अस्ट्रियाको पोस्टमा १० प्रहार गरेको थियो। पाँच पटकको विश्वविजेता ब्राजिल समूहमा परेको हुँदा सवैको चासो यहि समूहमा छ। उत्तर अमेरिकी राष्ट्र कोस्टारिका र स्विट्जरल्यान्ड पनि यहि समूहमा छन्।
विश्वकपमा चुक्दै आएपनि दुवै टिममा उत्कृष्ट खेलाडी समावेश छन्। सर्विया पनि युवा खेलाडीले भरिपूर्ण टिम हो। तुलनात्मक रुपमा यो समूहमा ब्राजिललाई बलियो मानिएको छ। अन्य तीन टिमको स्तर समान छ।


