Breaking News.... EverestOnlineKhabar
June 28, 2026

सांसद सुवालले उठाए प्रचण्डमाथि प्रश्न : ‘आफना घरपेटीलाई कारवाही नगर्न गृहमन्त्रीलाई दबाब दिएको हो ?’

Loading

काठमाडौँ ।  समयमा काम पूरा नगर्ने ठेकेदारहरुलाई कारबाही गर्ने अभियान चलाइरहेका गृहमन्त्री रामबहादुर थापालाई नेकपा अध्यक्ष पुष्पकमल दाहालले दबाब दिएको बारे संसदमा प्रश्न उठेको छ।

नेमकिपाका सांसद प्रेम सुवालले संसदमा प्रश्न गरे, शैलुङ कन्स्ट्रक्सनका धनी शारदा अधिकारी, जो नेकपा अध्यक्ष प्रचण्डकै घरबेटी भएको पनि समाचारमा आएको छ। गृहमन्त्रीज्युले कारबाही गर्ने कुरा उठाउँदा नेकपा अध्यक्ष प्रचण्डज्युले गृहमन्त्रीज्युलाई बोलाएर कारबाही नगर्नू भनेर आदेश दिएको पनि समाचार आएकोले के कस्तो हो यस सदनलाई जानकारी दिनु आवश्यक छ।’

भक्तपुर जिल्लामा सञ्चालित विभिन्न विकास निर्माण समयमा सम्पन्न नगर्ने नौ आयोजनाका छ निर्माण कम्पनीको विवरण जिल्ला प्रशासन कार्यालय भक्तपुरले गृह मन्त्रालयमा पठाएको छ ।

गृहमा पठाएको नामावलीमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल  निकट निर्माण ब्यवसायी शारदा अधिकारी पनि परेका छन्। शारदा अधिकारीले कमलविनायक–नगरकोट सडक निर्माणअन्तर्गत् शैलुङ्ग कन्स्ट्रक्सनबाट निर्माणको जिम्मा लिने तर समयमा काम सम्पन्न नगर्ने व्यवसायीको सूचीमा राखेर गृह मन्त्रालयमा नाम पठाएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.